नेपाली श्रमिकलाई इजरायल नपठाउन प्रधानमन्त्रीलाई ज्ञापन

नेपाली श्रमिकलाई इजरायल नपठाउन प्रधानमन्त्रीलाई ज्ञापन



काठमाडौं । नेपाली श्रमिकलाई युद्धग्रस्त देश इजरायल नपठाउन भन्दै विभिन्न संघसंस्थाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र पठाएका छन् ।

मानवताका मापदण्ड उल्लङ्घन, संयुक्त राष्ट्र संघको शान्ति प्रयत्नको अवहेलना तथा नेपाली नागरिकलाई जोखिममा पार्ने गरी कामदारका रूपमा युद्धरत इजरायलमा पठाउन नेपाल सरकारले आह्वान गरेकाे सूचना रद्द गर्न पत्रमार्फत माग गरिएकाे छ ।

हालै इजरायलका लागि आठ सय जना नेपाली कामदारकाे माग भएकाे भन्दै सूचना आह्वान गरिएकाे छ । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच अहिले युद्ध चलिरहेकाे छ ।