काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई बालकोट बोलाएर छलफल गरिरहेका छन् ।
स्रोतका अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा छन् । समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भइरहेको बताइएकाे छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेको तर्फबाट महासेठले नै नेतृत्व गरिरहेका छन् ।
एमाले नेताहरूका अनुसार गठबन्धनमा शक्ति बाँडफाँटको प्रारम्भिक खाका तयार भइसके पनि भोलिसम्म सबै सहमति भएर कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बन्ने कुराको टुङ्गो लाग्ने दाबी गरिएकाे छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौला पनि एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्दैछन् ।
एमाले र कांग्रेसबीच सहमतिका लागि सम्झौताको ड्राफ्ट तयार पार्न कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट महासचिव शंकर पोखरेल तथा रमेश बडालसहितका नेताहरू खटिएका छन् ।
प्रतिक्रिया