फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनलमा

फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनलमा


ग्लोब नेपाल
270
Shares

फ्रान्स र पोर्चुगल जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। राउण्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १-० गोल र पोर्चुगलले स्लोभानियालाई ट्राइब्रेकरमा पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो।यो जितपछि फ्रान्स क्वाटरफाइनलमा पुगेको छ र क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनियाबीचको विजेतासँग खेल्ने छ। 

त्यस्तै यो हारसँगै बेल्जियमको युरोकप यात्रा भने टुंगिएको छ।