देउवाले बोलाए विपक्षी दलको बैठक

देउवाले बोलाए विपक्षी दलको बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएका छन् ।

मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने गरि देउवाले बैठक बोलाएका छन् ।

कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दललाई बैठकमा बोलाएको बताइएको छ ।

बैठकमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति बनेपछि नयाँ सरकारमा सहभागी हुन आग्रह गरिने बताइएको छ ।