प्रधानमन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा १ घण्टा छलफल

प्रधानमन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा १ घण्टा छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने भएपछि प्रधानमन्त्री र गृहमन्त्रीले १ घण्टा छलफल गरेका हुन् । कांग्रेससँग एमाले मिले पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन् ।

आज बिहान बसेको पदाधिकारी बैठकले सत्ता समीकरणका अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।

रास्वपाले पनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सरकार नछाड्ने निर्णय गरेको छ ।