प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त



काठमाडौं । प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् । उनलाई सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् ।

प्रतिनिधिसभाको सचिव सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्थाअनुसार मंगलबार उनी सचिव नियुक्त भएका हुन् । पद्मप्रसाद पाण्डेय महासचिव भएपछि सचिव पद रिक्त थियो ।