प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने एमालेकाे निर्णय

प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने एमालेकाे निर्णय



काठमाडौं । नेकपा एमालेले नयाँ राजनीतिक विकासक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

आज बसेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय पनि गरेको हाे ।

एमाले र कांग्रेसबीचमा भए सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गर्ने निर्णय गरेको छ ।

“कांग्रेस र एमालेको बीचमा मात्रै भएको समझदारी छ । ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय गरेको छ,” बैठकपछि यस्तो निर्णय गरेको नेता प्रदिप ज्ञवालीले भने, “सहमतिको सरकारमा सहभागी हुन राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । त्यसका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।”

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको छ ।