टर्की र नेदरल्याण्डस् युरोकपको क्‍वाटरफाइनलमा

टर्की र नेदरल्याण्डस् युरोकपको क्‍वाटरफाइनलमा


ग्लोब नेपाल
81
Shares

अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्‍वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण गर्दै गोल फर्काउन मिहिनेत गरेपनि बराबरी भने गर्न सकेन । अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

हिजै राती भएको अर्को खेलमा रोमानियालाई हराउँदै नेदरल्याण्ड्स पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी हुँदै क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।

२०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे । तेस्रो गोल मालेनले नै इन्ज्युरी समयको चौथो मिनेटमा गर्दै जित निश्चित गरे ।

अब नेदरल्यान्ड्सले क्वाटरफाइनलमा टर्कीको सामना गर्नेछ । यसअघि नेदरल्यान्ड्सले रोमानियामाथि ३-० को जित दर्ता गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो । अन्य क्वाटरफाइनलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलको सामना गर्नेछन् ।