बर एन्ड बधु भदौमा

बर एन्ड बधु भदौमा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । निर्देशक मिलन चाम्सले आफ्नो नयाँ चलचित्र ‘वर एण्ड बधु’को छायाँकन सम्पन्न गरेसँगै प्रदर्शन मिति पनि तय गरेका छन् । यो चलचित्र अब १४ भदौमा रिलिज हुनेछ । ‘१४ भदौमा अरु राम्रो नेपाली चलचित्र छैन भने बलियो बिदेशी चलचित्र पनि छैन ।

यो चलचित्रको सम्पादन सम्पन्न गरेर स्वराँकनको काम थालिएको छ । यो चलचित्रमा आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ । यी दुई जोडीको रुपमा प्रस्तुत भएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।

वर एन्ड बधुमा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतको पनि अभिनय रहेको निर्देशक चाम्सले जनाएका छन् ।