एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत



काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत चयन भएका छन् ।

जारी १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा भूसाललाई सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी सम्मानित नेतामा झलनाथ खनाल चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हाे ।

अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको बताइएकाे छ ।