प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय भएकाे सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“सरकारले राजीनामा पनि दिँदैन, ३० दिन काट्दैन । संवैधानिक, कानुनी व्यवस्थाअनुरूप प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउनुभएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन, हामी सकेसम्म छिटो विश्वासको मतको फेस गर्छौं,” शर्माले भनिन् ।

प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस र एमालेले मार्गप्रशस्त गर्न आग्रह गरिरहेका छन् ।

प्रधानमन्त्रीले राजीनामा बुझाउन गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूलाई केही दिन पर्खिन आग्रह गरेपछि राजीनामा नदिएर फर्किएका थिए ।