उमेर हदका कारण एआईजीमा प्रस्तावित पोखरेल डीआईजीमै अवकाश

उमेर हदका कारण एआईजीमा प्रस्तावित पोखरेल डीआईजीमै अवकाश


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । उमेर हदका कारण प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि प्रस्ताव गरिएका पोषराज पोखरेल प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाटै अवकाशमा गएका छन् ।

सेवा अवधि बाँकी भए पनि ५६ वर्षे उमेर हदका कारण पोखरेल डीआईजीबाटै शुक्रबार (आज) राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका हुन् । १० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

सिफारिस अनुसार बढुवा भएको भए उनी १९ र २० गते दुई दिनका लागि एआईजी हुने थिए । तर यही बीचमा सत्ता साझेदार प्रमुख घटक एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरलको एआईजी बढुवामा कुनै निर्णय गरेन ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख रहेका पोखरेललाई उनको कार्यालयले बिहीबार (हिजो)नै बिदाइ गरिसकेको छ ।