असार २८ गते प्रधानमन्त्री दाहाल सरकारबाट बाहिरिने

असार २८ गते प्रधानमन्त्री दाहाल सरकारबाट बाहिरिने


ग्लोब नेपाल
3.7k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असार २८ गते विश्वास मत लिने भएका छन् । विश्वासको मत लिने औपचारिकता पूरा गरेसँगै प्रधानमन्त्री दाहाल सरकारबाट बाहिरिने छन् । २७५ सदस्य रहेकाे संसदमा प्रधानमन्त्री दाहालको पक्षमा हालसम्म उनको पार्टीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ र एकीकृत समाजवादीसँग १० सिट गरी जम्मा ६३ मात्र पुग्छ । यसरी विश्वासको मत गुमाएपछि प्रधानमन्त्री दाहाल सरकारबाट हट्ने छन् ।

प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन् । नेकपा (एमाले) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए । एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ ।