एकीकृत समाजवादीद्वारा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा

एकीकृत समाजवादीद्वारा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशन हलमा उक्त नयाँ कमिटी घोषणा गरिएको हो । त्यसअघि सचिवालय बैठक बसेको थियो ।

एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानको व्यवस्था छ । यसअघि अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भइसकेका छन् ।

नेताहरूबिच सहमति जुट्न नसक्दा बाँकी १८ पदाधिकारी चयन हुन सकेको छैन । नेता राजेन्द्र पाण्डेले नवनिर्वाचित केन्द्रीय समितिको शनिबार बसेर बाँकी काम टुङ्ग्याउने र चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउने बताए । अपुरो केन्द्रीय समिति र वाचन गरिएका केही नामहरूप्रति केही प्रतिनिधिहरूले असहमति जनाउँदै होहल्ला गरेका छन् ।