सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गेकाे छ । उक्त निर्णय जुलाई १ देखि लागू भएको छ ।

सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी ग्रेडिङ बाहिर रहेका थिए । उच्च अदालतले उनलाई आरोपबाट सफाई दिएपछि ग्रेडिङमा समावेश गरिएको हो ।

क्यानले यसै वर्षदेखि ग्रेड एमा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ ।

पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडी ग्रेडिङमा समावेश थिए । ग्रेड एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरी छन् ।

त्यस्तै ग्रेड ‘बी’ मा भने कुशल मल्ल, गुल्सन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले प्रत्येक महिना ७० हजार पारिश्रमिक पाउने छन् ।

ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिश जिसी छन् । उनीहरूले ५५ हजार पाउने छन् ।

ग्रेड ‘डी’ मा परेका पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, वसिर अहमद र सुर्य तामाङले मासिक ३५ हजार पाउने क्यानले जनाएको छ ।