इरानमा राष्ट्रपति चुनावअन्तर्गत दोस्रो चरणकाे मतदान चल्दै

इरानमा राष्ट्रपति चुनावअन्तर्गत दोस्रो चरणकाे मतदान चल्दै



तेहरान । इरानमा राष्ट्रपति चुनावअन्तर्गत दोस्रो चरणको मतदान चलिरहेको छ । चुनावमा संस्थापन पक्षधर सइद जलिली र सुधारवादी उम्मेदवार मसूद पेजेस्कियानबीच प्रतिस्पर्धा भइरहेको छ ।

गएको मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको ज्यान गएपछि इरानमा चुनाव भएको हो । अघिल्लो हप्ता भएको चुनावमा कसैले पनि ५० प्रतिशत मत नल्याएपछि बढी मत ल्याउने दुई जनाबीच आज प्रतिस्पर्धा भइरहेको छ ।

अघिल्लो हप्ताको चुनावमा एकमात्र सुधारवादी उम्मेदवार पेजेस्कियानले सबैभन्दा धेरै ४२ प्रतिशत र जलिलीले झन्डै ३९ प्रतिशत मत ल्याएका थिए ।

गाजामा चलिरहेको युद्धलाई लिएर क्षेत्रीय तनाव बढेको, इरानको आणविक कार्यक्रमलाई लिएर इरानको पश्चिमा देशहरूसँगको विवाद र प्रतिबन्धग्रस्त अर्थतन्त्रको अवस्थाका बीच इरानमा चुनाव भइरहेको हो ।