जनता समाजवादीका मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता

जनता समाजवादीका मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता



काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्रीलाई सम्बोधन गरेर अध्यक्ष अशोक राईले समर्थन फिर्ताको निर्णय भइसकेको जानकारी गराएका हुन् ।

पार्टीले समर्थन फिर्ता लिएसँगै मन्त्रीहरूले पदबाट राजीनामासमेत दिइसकेका छन् ।

साथै जनता समाजवादी पार्टीले संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसमेत दिइसकेको छ । अध्यक्ष राईले अबदेखि आफूहरू प्रतिपक्षमा बस्ने जानकारी गराएका छन् ।

जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन मन्त्री नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए ।