स्पेन र फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा

स्पेन र फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा


ग्लोब नेपाल
297
Shares

ह्यामबर्ग । स्पेन र फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेका छन् । गएराति सम्पन्न खेलमा आयोजक जर्मनीलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा पुगेको हो भने फ्रान्सले पोर्चुगललाई ट्राइब्रेकरमा ० (५)–० (३) गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक जर्मनी र स्पेनबीचको खेलमा निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल गरेको हो ।

११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्‍याएका हुन् । डयानी ओल्मोको क्रसमा हेड प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् ।

यता, शनिबार बिहान सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो । पोर्चुगललाई ५–३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो ।

शनिबार हुने क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीले खेल्नेछन् ।