एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक


ग्लोब नेपाल
756
Shares

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो।

प्रतिनिधि सभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताए। बैठकमा सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ।

नेपाली काँग्रेससँग नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिने भएका छन्। यही सन्दर्भमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने बर्तौलाले जानकारी दिए।