लन्डन । इग्ल्यान्ड र नेदरल्यान्ड युरोकपको सेमिफाइनलमा पुगेका छन् । इग्ल्यान्डले स्वीटजरल्यान्डलाई पेनालन्टी सुटआउटमा ५–३ ले र नेदरल्यान्डले टर्कीलाई २–१ ले पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् ।
शनिबार राति सम्पन्न खेलको निर्धारित समयमा १-१ गोलको बराबरी भएको थियो । थपिएको ३० मिनेटमा कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
खेलमा अग्रता स्वीस टोलीले लिएको थियो । ७५ औं मिनेटमा ब्रिल एम्बोलोले गोल गरेर अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि बुकायो साकाले बराबरी गोल गर्दै इङ्ल्याण्डलाई खेलमा फर्काएका थिए ।
इङ्ल्याण्डका सबै खेलाडीले पेनाल्टीमा गोल गरे भने स्वीट्जरल्याण्डका एक खेलाडीको प्रहार गोलकिपरले रोकेका थिए । इङ्गल्याण्डले सेमिफाइनलमा नेदरल्यान्डसँग खेल्ने छ ।
आइतबार बिहान भएको खेलमा टर्कीका लागि ३५ औं मिनेटमा सामिट अक्यादिनले पहिलो गोल गरेका थिए । तर नेदरल्यान्डले ७० औं मिनेटमा गोल फर्कायो । नेदरल्यान्डका लागि स्टेफन डि भ्रिजले पहिलो गोल गरे । त्यसको ६ मिनेटमा टर्कीका मिर्ट मुलधुरले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड २–१ ले विजयी भयो ।
प्रतिक्रिया