ब्राजिल कोपा अमेरिकाबाट आउट

ब्राजिल कोपा अमेरिकाबाट आउट


ग्लोब नेपाल
189
Shares

ब्राजिल कोपा अमेरिकी फुटबलबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले केही प्रहार गरे पनि गोलमा परिणत भने गर्न सकेनन्।

निर्धारित ९० मिनेटमा कुनै गोल नभएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटमार्फत गरिएको हो। पेनाल्टी सुटआउटमा उरुग्वेले ब्राजिललाई ४-२ गोलअन्तरले पाखा लगायो।

यस खेलको ७४औ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ । त्यस्तै हारसँगै ब्राजिलको कोपा अमेरिकाको यात्रा सकिएको छ ।