काठमाडौँ । पूर्व नवलपरासीस्थित नारायणी किनारमा तीन जनाको शव फेला परेको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्व-नवलपरासीले जानकारी दिएकाे हाे ।
मंगलबार बिहान साढे १० बजे नदी किनारमा दुई जना पुरूष र एक जना महिलाको शव फेला परेको हो ।
मृतक अन्दाजी ६० वर्षीय पुरूष, अन्दाजी ४०/४५ वर्षीय पुरूष र अन्दाजी ४०/४५ वर्षीया महिला छन् ।
उनीहरूको शव सडिसकेको अवस्थामा फेला परेको हो ।
मृतक तीनै जनाको सनाखत गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया