समाजवादी मोर्चाका शीर्ष नेताहरू बालुवाटारमा

समाजवादी मोर्चाका शीर्ष नेताहरू बालुवाटारमा



काठमाडौं । समाजवादी मोर्चामा रहेका दलका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न नेकपा (एकीकृत समजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका नेताहरू बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरूबिच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा भेटवार्ता र छलफल भएको हो ।

प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्‌मा विश्वासको मत लिँदैछन् ।