निर्माण व्यवसायीको पत्रकार सम्मेलन बिहीबार

निर्माण व्यवसायीको पत्रकार सम्मेलन बिहीबार


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भोलि बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । आर्थिक वर्ष २०८०–०८१ समाप्त हुनै लाग्दा समेत सरकारी प्रतिबद्धता विपरित निर्माण व्यवसायीहरुको ठूलो रकम भुक्तान नगरेकाले पत्रकार सम्मेलन आयोजना गरिएको महासंघले जनाएको छ ।

रकम भुक्तानी नहुँदा निर्माण उद्योगमा उत्पन्न विकराल समस्या र महासंघको भावी रणनीति अवगत गराउन पत्रकार सम्मेलन आयोजना गरिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलन दिउँसो १ बजे महासंघको सचिवालय अनामनगरमा हुने महासचिव रोशन दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।