काठमाडौँ । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
अरुकै नाममा जवानको परीक्षा दिन आउने ६ जनालाई काठमाण्डुका विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो । काठमाण्डुप्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार प्रहरी वृत्त बानेश्वरबाट ३ पुरुष, प्रहरी वृत्त गौशालाबाट २ पुरुष र प्रहरी वृत्त सिंहदरबारबाट एक महिला पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कालिकोट घर भई ललितपुरको धापाखेल बस्ने २२ वर्षीय अभिषेक शाही, कञ्चनपुरको पुनर्वास नगरपालिका–१ घर भई हाल मित्रनगर बस्ने २४ वर्षीय इशाक तामाङ र २२ वर्षीय पारस बुढा, दार्चुला घर भई कीर्तिपुर बस्ने २० वर्षीय रविन्द्र महरा , बैतडी घर भई मित्रनगर बस्ने २१ वर्षीय दिनेश चन्द र दोलखा घर भई हाल स्वयम्भू बस्ने तृप्ती सुन्दास छन् ।
प्रहरीले पक्राउ परेकाहरुमाथि थप अुन्धान भइरहेको जनाएको छ । पक्राउ परेकाहरुले आफूहरु पैसामा परीक्षा दिन आएको स्वीकार गरेका छन् ।
प्रतिक्रिया