लिम्चुङबुङ गाउँपालिकामा मदिरा तथा पेयपदार्थहरु पुर्ण रुपमा प्रतिबन्ध

लिम्चुङबुङ गाउँपालिकामा मदिरा तथा पेयपदार्थहरु पुर्ण रुपमा प्रतिबन्ध

वियर, रक्सी, डिउ, कोक, फेन्टा, रेडबुल, सुर्ती तथा सुर्ती जन्य चुरोट, गुड्खा आदि सामानहरु प्रतिबन्ध



काठमाडौं । उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाले मदिरा, तथा अन्य पेयपदार्थहरु विक्रिवितरण तथा सेवन पुर्ण रुपमा प्रतिबन्ध गरेकाे छ ।

गाउँपालिकाले सूचना प्रकाशन गर्दै मदिरा र पेयपदार्थहरु वियर, रक्सी, डिउ, कोक, फेन्टा, रेडबुल, सुर्ती तथा सुर्ती जन्य चुरोट, गुड्खा आदि सामानहरु आयात, विक्रिवितरण तथा सेवन पुर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईकाे अध्यक्षतामा बसेको अठारौ कार्यपालिका बैठकले गाउँपालिका भित्र अन्यत्रबाट आयात गरिने सिसाजन्य मदिरा तथा अन्य पेयपदार्थहरुकाे सेवनले लिम्चुङबडवासीहरुको स्वास्थ्यमा गम्भिर असर पारी रोगि बनाउने, स्थानीय अर्थतन्त्रलाई कमजोर बनाउने, महिला तथा घरेलु हिंसा उत्पन्न गर्ने भएकाेले पुर्ण रुपमा प्रतिबन्ध गरिएकाे बताइएकाे छ ।

सुचनामा भनिएकाे छ, ‘प्रस्तुत विषयमा यस लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष श्री मेजर कुमार राईज्यूको अध्यक्षतामा मिति २०८१/३/१८ गते वसेको अठारौ कार्यपालिका बैठकको निर्णय नं २ ले यस गाउँपालिका भित्र अन्यत्रबाट आयात गरिने सिसाजन्य मदिरा तथा अन्य पेयपदार्थहरु (वियर रक्सी, डिउ, कोक, फेन्टा, रेडबुल, सुर्ती तथा सुर्ती जन्य चुरोट, गुड्खा) आदि सामानहरुको सेवनले लिम्चुङबडवासीहरुको स्वास्थ्यमा गम्भिर असर पारी रोगि बनाउने, स्थानीय अर्थतन्त्रलाई कमजोर बनाउने, महिला तथा घरेलु हिंसा उत्पन्न गर्ने तथा गाउँलाई विघटन बनाउन प्रत्यक्ष असर पार्ने भएको हुँदा लिम्चुङबुङवासीहरुलाई रोगबाट बचाउन, आर्थिक सुधार गर्न, विघटनोन्मुख गाउँलाई बचाउन, महिला तथा घरेलु हिंसाबाट उन्मुक्ति दिन आदिको निम्ति मिति २०८१/३/१८ गते देखि आयातमा पुर्ण रुपमा प्रतिबन्ध र हाल सम्म आयात गरिसकेको सामानहरुलाई २०८१ सालको अशोज १५ गते भित्र विक्रिवितरण गरि सक्नु पर्ने” भनि निर्णय गरेको हुँदा कार्यपालिकाको निर्णय अनुसार उक्त मिति देखि माथि उल्लेखित वस्तुहरुको आयात, विक्रिवितरण तथा सेवन पुर्ण रुपमा प्रतिबन्ध लगाईएको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’