काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा अहिले जारी छ । सोमबार पद तथा गोपनियताको शपथग्रहणपछि पदबहाली गरेका सबै मन्त्रीसहितको बैठक साँझ सिंहदरबारमा बसेको हो ।
ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद् बैठकले केही नियमित र विपदसँग सम्बन्धित अत्यावश्यकीय निर्णयहरु गर्ने मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो । सरकारको प्रवक्ता समेत यही बैठकबाटै तोक्ने तयारी गरिएकाे छ ।
प्रतिक्रिया