काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विपतमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको नयाँ सरकारको पहिलो बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
विपतमा बेपत्ता भई १० दिनसम्म पनि फेला नभएका व्यक्तिहरूलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको उनले बताए ।


प्रतिक्रिया