बेलायतमा राजा ज्ञानेन्द्रको झल्को दिने फर्जी निर्वाचन, उम्मेदवारलाई शतप्रतिशत भोट

बेलायतमा राजा ज्ञानेन्द्रको झल्को दिने फर्जी निर्वाचन, उम्मेदवारलाई शतप्रतिशत भोट


ग्लोब नेपाल
972
Shares

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखा (एफएनजे युके) को निर्वाचन पुर्वराजा ज्ञानेन्द्र शाहले बनाएको स्थानीय निर्वाचनको झल्को दिने गरी सम्पन्न भएको छ ।

आइतबार गोर्खा भवन फार्नबरोमा सम्पन्न शाखाको छैठौं अधिवेशनले बिमला सेनेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचन समितिका संयोजक नरेश खपांगीमगरले अरु दुई प्रतिष्पर्धी श्यामकुमार लुईंटेल र दिनेशकुमार परियारलाई पराजित गर्दै सेने शाखाको अध्यक्ष घोषणा गरे । सेनेले शतप्रतिशत मत प्राप्त गरिन् । महासंघको केन्द्रीय पत्र विपरित भएको फर्जी निर्वाचनमा अन्य उम्मेदवारले शुन्यमत पाए ।

यसअघि कार्यसमितिका अरु सबै पद निर्विरोध भइसकेका थिए । जसअनुसार वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्ष (खुला) मा शिव भण्डारी, उपाध्यक्ष (महिला) मा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवमा मन्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ, र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम छन्।

त्यस्तै, सदस्यहरूमा वाचस्पति रेग्मी, बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना र मिलनध्वज गुरुङ (मिलन तमु) निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई शाखाका पूर्व अध्यक्ष नरेश खपांगीमगर प्रमुख निर्वाचन आयुक्त र पूर्ण गुरुङ एवं प्रजय शुक्ल सदस्य रहेको निर्वाचन समितिले शपथ ग्रहण गराएको थियो । महासंघको पत्र विपरित सम्पन्न निर्वाचनले भने मान्यता नपाउने नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन् ।