बाढी, पहिराेले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

बाढी, पहिराेले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त



पाँचथर । बाढी, पहिराेका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएकामा समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् ।

बाढी, पहिराेका कारण कालोपत्रको चरणमा रहेको सडकको भागमा क्षति भएको पाँचथरको फिदिममा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए । राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ ।

यही खण्डमा असार पहिलो हप्ता परेको अत्यधिक वर्षाले दर्जनौँ ठाउँमा पहिरो खस्दा ठूलो क्षति भएको उनले बताए । बाढी, पहिराेले त्यहाँका साना–ठूला गरी आठ वटा पुलामा क्षति भएको प्रमुख यादवले बताए ।

अवरुद्ध सडक एकतर्फी सञ्चालन भए पनि सहज बनाउन समय लाग्ने याङवरक गाउँपालिकाले जनाएको छ ।