डियर पापा

डियर पापा



धर्तीमा त्यो तिम्रो मीठो बास
कर्तव्यले भरिएको तिम्रो मीठो सास !
आँट र हिम्मतले लडेको त्यो तिम्रो विश्वास
कर्मशील र भय रहितको त्यो तिम्रो आभास !

आमा बुवा प्रतिको त्यो तिम्रो श्रद्धा
काम र जीवन प्रतिको त्यो तिम्रो निष्ठा !
सरल र इमान्दारिताको प्रतिष्ठा
परिवार प्रतिको तिम्रो घनिष्टता !

तिम्रो आत्मबललाई सराहना गर्नेछौं
तिम्रो उपदेशलाई मनमा भर्नेछौं !
तिमीसँगका पलहरुलाई सदा सम्झिने छौं
तिम्रो मायालाई सदा मुटुमा राख्ने छौं !

पापा, नकहिल्यै जन्म्यौं तिमी
न त कहिल्यै मर्ने नै छौं !
शरीर त तिम्रो साधन मात्र थ्यो
जसबाट संसारलाई महसुस गर्‍यौं !

Papa,
You are immortal and your memories
Will be three with us forever and ever …
Love You !