‘एनआरएनलाई औधोगिक क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह’

‘एनआरएनलाई औधोगिक क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह’


ग्लोब नेपाल
162
Shares

लण्डन । नवनियुक्त प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपालीहरुलाई औधोगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार बालुवाटारमा गैरआवासीय नेपाली संघको एक प्रतिनिधिमण्डलसंगको भेटमा उक्त कुरा बताएका हुन् ।

ओलीले नेपालको समृद्धिका निम्ति औधोगिक लगानीमा केन्द्रित हुन एनआरएनलाई आह्वान गरे। ग़ैरआवासीय नेपाली नागरिकहरुको लागि संविधानले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार प्रयोजनको लागी आवश्यक ऐनमा परिमार्जन गर्ने तथा संयुक्त लगानीको एनआरएन डेभलप्मेंट फण्ड संचालनको लागि आवश्यक निर्देशिका तत्कालै जारी गर्ने प्रतिबद्धता जनाए ।

ओलीले गैरआवासीय नेपाली संघ स्वतन्त्र र स्वायत्त संस्था भएकोले बाहिरी हस्तक्षेपका कारणले डराउन नपर्ने बताए । उनले संघको स्वतन्त्रता सुनिश्चित गर्न आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने बचन दिए । सरकारी निवास वालुवाटार पुगेको टोलीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको बधाइ तथा शुभकामना दिएको थियो ।

संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा पुगेका एनआरएन अभियन्ताहरूसँग प्रम ओलीले करीब एक घन्टा अन्तरक्रिया गरेका थिए । सोहि क्रममा एनआरएन अध्यक्ष डा. वद्री केसीले एनआरएन अभियानले सामना गरेको चुनौती, नेपालमा लगानी सहजिकरण, गैरआवासिय नेपाली नागरिकताको कार्यन्वयनका विषयमा प्रकाश पार्दै सरकारको अग्रगामी भूमिकाका लागि आग्रह गरे ।

उक्त कार्यक्रममा संघकी उपाध्यक्ष रोजीना प्रधान राई, अतुल कोइराला, हीराधन राई, भूषण घिमिरे, कृष्ण तिमलसिना, अर्जुन कुमार श्रेष्ठ, बिजन भट्ट, राजु अर्याल, केशब तिमिल्सीना, राजेन्द्र पुडासैनी, पर्शु बस्नेत लगायतको उपस्थिति थियो।

यसअघि सोही प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवालाई भेटेर गैरआवासीय नेपालीहरुका मुद्दाका विषयमा छलफल गरेको थियो ।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा स्थापित बहुपद अन्तरर्गतको तीनवटा अध्यक्ष रहेको कार्यसमिति सर्वोच्च अदालतले बदर गरिदिए पछि संस्थाभित्र वैधानिक संकट उत्पन्न भएको छ । संघको आगामी नेतृत्वको लागि नयां निर्वाचन अन्योलमा रहेको छ ।