समाजशास्त्रमा स्नातकोत्तर गरेँ तर मन्त्री बन्न योग्‍य भइनँ : सांसद थिङ

समाजशास्त्रमा स्नातकोत्तर गरेँ तर मन्त्री बन्न योग्‍य भइनँ : सांसद थिङ



काठमाडौं । नेपाली कांग्रेसका सचेतक सुशिला थिङले नवगठित मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागी नभएको भन्दै प्रश्न गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले जुनसुकै मन्त्रिमण्डल बनेपनि ३३ प्रतिशत महिला मन्त्री बनेको कहिल्यै देख्न नपाएको बताइन् ।

‘जुनसुकै मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला मन्त्री बनेको कहिल्यै देख्न नपाउने भो । सायद पुरूषहरू नै प्रमुख पदमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिसमा भएनन्,’ उनले भनिन् ।

उनले जति पढेको मानिस भएपनि मन्त्री बन्नलाई महिला योग्य नभएको भन्दै भनिन्, ‘मेरो उदाहरण प्रतिनिधि पात्रमात्रै हो । म कानुनमा स्नातक गरेकी छु, सामाजिक शास्त्र (सोसियोलोजी)मा स्नातकोत्तर गरेको छु। तर म कहिल्यै योग्य भइनँ, तर मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिएन। त्यसकारण हामी महिलाहरू कहिलेसम्म समानुपातिकको कोटामा दर्ज हुने हो । हामीलाई कहिलेसम्म समान बनाउने हो ?’