लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने मन्त्रिपरिषदको निर्णय

लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने मन्त्रिपरिषदको निर्णय



काठमाडौँ । सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।

गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो ।

गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै थिइन् । उनी २०७७ कात्तिकमा सचिव भएकी थिइन् ।