सौर्य एयर दुर्घटना : पाँच शव परिवारले बुझे

सौर्य एयर दुर्घटना : पाँच शव परिवारले बुझे



काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् ।

उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् ।

दुई शव परिवारले भोलि बिहान बुझ्नेगरी प्रक्रिया पूरा भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ ।

केही परिवारले भने बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने अडान लिएका छन् ।

बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।