काठमाडौं । बागमती प्रदेशका ४ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार काँग्रेसका चार मन्त्रीलाई सपथ खुवाएका हुन् । मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानून, हरिप्रभा खड्गीलाई सामाजिक विकास, मिनकृष्ण महर्जनलाई युवा तथा खेलकुद र विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
यस्तै लामाले दोलखाका कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि उनले रसुवाका प्रभात तामाङलाई बिहीबार उक्त जिम्मेवारी दिएका थिए । लामाले काफ्लेलाई मुख्यमन्त्री सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
तर, काफ्लेले जिम्मेवारी अस्वीकार गरेपछि लामाले दुई दिनमै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरे । रिक्त सामाजिक विकासमा लामाले काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयर खड्गीलाई नियुक्त गरेका छन् ।
प्रतिक्रिया