मन्त्री कुर्मीलाई बर्खास्त गर्न र न्यायाधीश चुडाललाई महाअभियोग लगाउन गोविन्द केसीको माग

मन्त्री कुर्मीलाई बर्खास्त गर्न र न्यायाधीश चुडाललाई महाअभियोग लगाउन गोविन्द केसीको माग


ग्लोब नेपाल
108
Shares

काठमाडौं । डा. गोविन्द केसीले निर्मला कुर्मी अपहरण घटनाका आरोपी बादशाह कुर्मीलाई मन्त्री बनाइएकामा आपत्ति जनाएका छन् । कुर्मीलाई मन्त्री बनाएर काँग्रेसले दण्डहीनतालाई प्रश्रय दिएको आरोप केसीले लगाएका छन् । कुर्मीलाई काँग्रेसले लुम्बिनी सरकारको मन्त्री नियुक्त गरेको थियो ।

शनिबार विज्ञप्ति जारी गर्दै केसीले सरकारद्वारा गठित छानबिन समितिले कारबाही सिफारिस गरेका कुर्मीलाई मन्त्री बनाएर आफूलाई लोकतान्त्रिक दाबी गर्ने कांग्रेसले दण्डहीनतालाई प्रश्रय दिएको बताए ।

कुर्मीलाई मन्त्रीबाट बर्खास्त गरी निष्पक्ष छानबिन र अनुसन्धान गर्न उनले माग गरेका छन् । अन्यथा कांग्रेसले अफताव आलमजस्ता अपराधीहरुको संरक्षण गरेबापत कमाएको बदनामी थप चुलिएर जाने केसीको भनाइ छ ।

फरक प्रसंगमा उनले दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई अनुमति दिनेसम्बन्धी मुद्दामा फैसला गर्ने सर्वोच्चका न्यायाधीश कुमार चुडाललाई महाअभियोग लगाउनसमेत माग गरेका छन् । केसीले आफ्ना माग पूरा नभए जुनसुकै बेला अनशन बस्न सक्ने समेत चेतावनी दिए ।