टेक्ससमा नेपाली युवाको गोली हानी हत्या

टेक्ससमा नेपाली युवाको गोली हानी हत्या


ग्लोब नेपाल
432
Shares

टेक्सस। टेक्ससको वेकोस्थित हाईवे ३५ मा रहेको भोलेरो ग्यास स्टोरमा काम गर्ने दिपक ओलीको आइतवार विहान बन्दुकधारीहरुले गोली हानी हत्या गरेको छन ।

स्टोरमा रातीको काम गर्ने रुकुमको वॅाठीकोट गाउपालिका बडा नम्बर १० झुला गाउँका ३० बर्षिय दिपक ओलीलाई स्टोरभित्रै गोली हानेर हत्याराहरु भागेका थिए ।

ओलीको परिवारमा बुबाआमा दुई भाइहरु, एक बहिनी, श्रीमति र एक छोरी रहेको उनका टेक्ससमा रहेका आफन्त मोहन कुसारीले जानकारी दिए ।