दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको बताएका छन् ।
प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले त्यही व्यवस्थाले गर्दा राजनीतिक अस्थिरता बढेको हुँदा थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने स्पष्ट पारे ।
राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको हुँदा थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने छ’, उनले भने ।
उनले संविधान संशोधन गर्न एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको बताए। सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको पोखरेलले जिकिर गरे । लोकतन्त्रको स्थायित्वका लागि एमाले र काँग्रेसबिच सत्ता सहकार्य भएको बताए ।
उनले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताए । “हामी सरकारका जानका लागि मात्रै मिलेका होइनाैँ देश विकासका लागि सहकार्य गरेका हौँ”, उनले भने, “लोकतन्त्रमा दुई ठुला दल मिलेर मात्रै निकास निस्कने भएकाले सहकार्य गरिएको हो ।”
उनले पुराना दल चाहिँदैन भन्ने भाष्य बनाउन खोजिएको उल्लेख गर्दै मुलुकमा विकास र समृद्धिका लागि पुराना र स्थापित दल नै आवश्यक भएको बताए । उनले ठुला दलकै कारण मुलुकमा विकास र परिवर्तन भएका उल्लेख गरे ।
उनले लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न सुझाव दिए । त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश सरकारका मन्त्री भुमेश्वर ढाकाललगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
प्रतिक्रिया