काठमाडौँ । सहकारी संस्था छानबिन समिति सदस्य रहेका बद्री पाण्डेको स्थानमा दिलेन्द्र प्रसाद बडूलाई लगिएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा बडूको नाम प्रस्ताव गरेकोमा सभाले अनुमोदन गरेको हो ।
यसअघिका सदस्य पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेपछि उनको स्थानमा बडूलाई लगिएको हो । सो समितिले समस्याग्रस्त सहकारीहरू र ठगी प्रकरणहरूबारे अध्ययन तथा छलफल गरिरहेको छ ।
प्रतिक्रिया