काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले गत आर्थिक वर्षमा मात्र १ लाख १२ हजार ४ सय ९३ अब्बल (ए वान) विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विश्वका विभिन्न विश्वविद्यालय गएको बताएका छन् । मंगलबार राष्ट्रिय सभामा बोल्दै उनले नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार १ खर्ब ४२ करोड भन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताए ।
यस्तो तथ्य र तथ्याङ्कले मुलुकको चुनौतिपूर्ण भविष्यको संकेत गरेको हुँदा नेपालमै टिक्ने र बिक्ने जनशक्ति उत्पादन गर्न शिक्षा मन्त्रालयको नीति, योजना र कार्यक्रम के छ भनी सांसद पौडेलले प्रश्न गरे ।
२०७१ सालमा करिब ११ लाख विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । यस वर्षको एसईईमा ४ लाख ६४ हजार ७ सय ८५ विद्यार्थी मात्र सहभागी भए । करिब ५६ प्रतिशत विद्यार्थीले विद्यालय त्यागेका छन् । विद्यालय त्यागेका यी ५६ प्रतिशत विद्यार्थीहरुलाई समुन्नत नेपालको मार्गचित्रमा दोहो-याउने सरकारको कस्तो नीति, योजना र कार्यक्रम छ ? सदनलाई जानकारी गराउन शिक्षा मन्त्रीसँग उनले आग्रह गरेका थिए ।
प्रतिक्रिया