कायममुकायम प्रधान सेनापतिमा अशोक सिग्देल

कायममुकायम प्रधान सेनापतिमा अशोक सिग्देल



काठमाडौं । नेपाली सेनाका रथी अशोक सिग्देल कायममुकायम प्रधान सेनापति भएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सिग्देललाई कायममुकाय प्रधानसेनापति बनाउने निर्णय भएको बताए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई कायममुकायम प्रधान सेनापति बनाउने निर्णय गरेको थियो ।

हालका प्रधान सेनापति प्रभुराम शर्माको भदौ २४ गते कार्यकाल सकिँदैछ । नेपाली सेनामा आफ्नो कार्यकाल सकिनु एक महिना अगावै बिदामा जाने प्रचलन छ ।

शर्माको कार्यकालपछि सिग्देल प्रधान सेनापति बन्ने निश्चित भइसकेको थियो। यसअघि सिग्देलको उमेर विवादका विषयले उनको आलोचनासमेत भएको थियो ।

तर जंगी अड्डाले साउन ३ गते गरेको पत्रकार सम्‍मेलनमा उनको नागरिकता, नागरिकताको प्रतिलिपि, विद्यालय र क्याम्पसमा भएको विवरण समेत सार्वजनिक गरी उनको कुनै उमेर विवाद नरहेको भन्दै प्रष्टीकरण दिएको थियो ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु