रत्नपार्क क्षेत्रमा मानव सांलो बनाएर सहकारी पीडितको प्रदर्शन

रत्नपार्क क्षेत्रमा मानव सांलो बनाएर सहकारी पीडितको प्रदर्शन



काठमाडौं । सहकारी पीडितहरुले मानव सांलो बनाएर प्रदर्शन गरेका छन् । पीडितहरूले सरकारसँग सहमति गरेको ६५ दिन पुग्दा समेत माग पुरा नभएको विरोधमा बिहीबार विरोध गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा रत्नपार्कदेखि सहकारी पीडितहरूले मानव सांलो बनाएका हुन् ।

सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो, तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले सडक छेउमै मानव साङ्लो बनाएर विरोध गरेका हुन् ।

सहकारी पीडितहरु मुखमा टेप लगाएर प्रदर्शनमा सहभागी छन् ।

उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन् ।