बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–९, दर्लिङखोलामा पहिरोले घर पुरिँदा १५ वर्षीय विधान परियारको मृत्यु भएको हो ।
भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा पुरिएर ज्यान गुमाएका परियारको शव पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । यस्तै, बडिगाड गाउँपालिका–१०, दर्लिङमा तीनवटा घर पुरिएका छन् ।
विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएनरभएको यकिन हुन बाँकी रहेको वडा नम्बर ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए ।
प्रतिक्रिया