‘आमा ! कुस्तीले मलाई जित्यो, म हारेँ’

‘आमा ! कुस्तीले मलाई जित्यो, म हारेँ’

'माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो'


ग्लोब नेपाल
540
Shares

पेरिस । पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समुहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् ।

पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन् ।

विनेशले लेखेकी छन्- ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलविदा कुश्ती २००१-२०२४’ उनले अगाडी लेखेकी छन्– ‘म तपाईहरु सबैको सधै ऋणी रहनेछु । क्षमा ।’

उनलाई बुधबार ५० केजी समुहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल अयोग्य घोषित गरिएको थियो ।