अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा


ग्लोब नेपाल
81
Shares

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । लगातार रेकर्ड ब्रेक गरिरहेको डलरको मूल्यले बिहीबार पनि अघिल्लो दिनको रेकर्ड ब्रेक गरेको हो ।

नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार एक डलरको मूल्य बिक्रीदरतर्फ १३४ रुपियाँ ६४ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३४ रुपियाँ ०४ पैसामा कारोबार भएको छ ।

बिहीबार डलरको मूल्यमा निरन्तर तेस्रो रेकर्ड हो । गत शनिबारको रेकर्डलाई तोडेर डलरको मूल्यले मङ्गलबार नयाँ रेकर्ड बनाएको थियो । सो रेकर्डलाई बुधबार तोडेको थियो भने बुधबारको रकेर्डलाई बिहीबार तोडेको हो ।

डलरको मूल्यमा नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ । भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपियाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली रुपियाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम छ ।

अमेरिकी डलरको मूल्य वृद्धि भइरहँदा नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव परे पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्ने विश्लेषक बताउँछन् ।

बेपत्ता बालिकाहरु तीनै जना नीलकण्ठ नगरपालिकास्थित वडा नम्बर- ३ मा आफ्नै परिवारसँग बस्दै आएका हुन् । उनिहरुको खोजीका लागी प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरिसकेको बताइएको छ ।