एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि


ग्लोब नेपाल
378
Shares

काठमाडौं, २७ साउन । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको नाफामा आकर्षक वृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४७४.३८ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा खुद नाफा ४७४.३८ प्रतिशतले बढेर ६ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १७ लाख रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । वित्तीय सम्पतिको फेयर भ्याल्यू बढेकाले खुद नाफा बढेको हो । असार मसान्तसम्ममा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू ७ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसैअवधिमा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू २१ करोड रुपैयाँ ऋणात्मक थियो । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७६ पैसाले बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा छ । हाल यसको चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ छ ।