एनआरएनएको समानान्तर संस्था यूएनडीओद्वारा सदस्यता लिन आवेदन खुला

एनआरएनएको समानान्तर संस्था यूएनडीओद्वारा सदस्यता लिन आवेदन खुला


ग्लोब नेपाल
459
Shares

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्थाका रूपमा परराष्ट्र मन्त्रालयले दर्ता गरेको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ)ले सदस्यताका लागि आवेदन खुला गरेको छ ।

यूएनडीओ नेपाली मूलका विदेशी नागरिकहरूमात्रै सदस्य रहने गरी गैरआवासीय नेपालीसम्बन्धी ऐनअनुरूप दर्ता भएको संस्था हो ।

‘दूरदर्शी नेतृत्वदायी व्यक्तिहरू, उदीयमान उद्यमीहरू, लगनशील परिवर्तनकर्ताहरू र नेपाली डायस्पोरा भित्रका आविष्कारकहरूको अर्को पुस्तालाई नेपाल र नेपालीहरूको विश्वव्यापी समुदायमा आबद्ध गर्ने उद्देश्यका साथ सदस्यता खोलिएको यूएनडीओका अध्यक्ष सोनाम लामाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेपाली डायस्पोरालाई एकताबद्ध गर्न समर्पित गैर-राजनीतिक, गैर-नाफामूलक, प्रगतिशील र समावेशी विश्वव्यापी संस्थाको रूपमा यो स्थापना भएको उनले बताए।