काठमाडौं । पाटन उच्च अदालत बार एसोसिएसनको निर्वाचनका लागि आज मतदान हुँदैछ । चुनावका लागि दुई प्यानल प्रतिस्धर्पामा छ । सत्तासहकार्यमा रहेका एमाले र काँग्रेस फरकफरक प्यानलमा छन् ।
सरकार नेतृत्वकर्ता एमाले र प्रमुख प्रतिपक्षमा रहेको माओवादी केन्द्रनिकट कानून व्यवसायी एउटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
काँग्रेस र एकीकृत समाजवादीनिकट कानून व्यवसायीको अर्को प्यानल छ ।
एमाले–माओवादी समूहले प्रगतिशील, पेसागत, गणतान्त्रिक र समावेशी प्यानलको नाम दिएको छ । उक्त प्यालनबाट एमाले सम्वद्ध विदुरप्रसाद दुंगाना अध्यक्षका उम्मेदवार छन् ।
विष्णुऋषि कोइराला उपाध्यक्ष, प्रवल शर्मा सचिव तथा सहसचिवमा सुशीला चौधरी र कोषाध्यक्षमा भूपाल बस्नेत उम्मेदवार छन् । चौधरी माओवादीनिकट हुन् । यस्तै महिला सदस्यमा विमलाकुमारी शर्मा, जितिन्द्रा विष्ट र पुष्पा भुसाल छन् ।
खुला सदस्यतर्फ चित्रबहादुर कुताल विष्ट, रामानन्द चौधरी थारू, तिलकबहादुर पाण्डे, भानु निरौला, छन्दप्रसाद आचार्य, भीष्मप्रसाद पौड्याल, सुशीला श्रेष्ठ, कृष्णसिंह महरा, रेशम कँडेल, निकेशकुमार लम्साल र केशव खतिवडा उम्मेदवार छन् ।
प्रतिक्रिया