काठमाडौं । दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घर डोजर लगाएर भत्काएका छन् ।
चोधरीले लमही बजारमा रहेको आफ्नै घरमा डोजर लगाएर लमही–कोइलाबास हुलाकी सडक विस्तारको शुभारम्भ गरेका हुन् । ३३ किलोमिटर बढी उक्त सडक ०७७ चैतमै कालोपत्रे भएको थियो ।
तर, मुआब्जा विवादले लमही बजार क्षेत्रमा सडक साँघुरो थियो । सडक डिभिजन कार्यालय दाङले साउन २९ गते सूचना प्रकाशित गरी सडकको दायाँबायाँ १५÷१५ मिटर क्षेत्रमा परेका सबै संरचना हटाउन ३५ दिने म्याद दिएको थियो ।
३२ जना स्थानीयले घरको क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेका छन् ।
प्रतिक्रिया